"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र

प्रकाशित मिति :  26 December, 2025 5:30 pm


काठमाडौं –  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन्। आज केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले नियमित महाधिवेशन हुने अवस्था नदेखिएको भन्दै विशेष महाधिवेशनको प्रक्रिया के भइरहेको छ भनेर स्मरण पत्र बुझाएका हुन्।

नेता बलदेव तिमिल्सिनाले आफूहरूले कार्यवाहक सभापतिलाई सम्बोधन गरेर विशेष महाधिवेशन आह्वानका सन्दर्भमा स्मरण पत्र बुझाएको सेतोपाटीलाई जानकारी दिए। विशेष महाधिवेशन पक्षधरले असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए।

विधानअनुसार विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र आयोजना गर्नुपर्ने हुन्छ। विशेष महाधिवेशन पक्षधरले पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना गर्न  अविलम्ब मिति र स्थान तोक्न पनि माग गरेका छन्।

केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन नभएका खण्डमा विशेष महाधिवेशन हुने र त्यसका लागि छलफलबाट कार्यतालिकालगायत ल्याइने प्रतिबद्धता जनाएका छन्।

WhatsApp-Image-2025-12-26-at-16.24.53_43e02e94-1766745634.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको