"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र

प्रकाशित मिति :  26 December, 2025 5:30 pm


काठमाडौं –  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन्। आज केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले नियमित महाधिवेशन हुने अवस्था नदेखिएको भन्दै विशेष महाधिवेशनको प्रक्रिया के भइरहेको छ भनेर स्मरण पत्र बुझाएका हुन्।

नेता बलदेव तिमिल्सिनाले आफूहरूले कार्यवाहक सभापतिलाई सम्बोधन गरेर विशेष महाधिवेशन आह्वानका सन्दर्भमा स्मरण पत्र बुझाएको सेतोपाटीलाई जानकारी दिए। विशेष महाधिवेशन पक्षधरले असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए।

विधानअनुसार विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र आयोजना गर्नुपर्ने हुन्छ। विशेष महाधिवेशन पक्षधरले पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना गर्न  अविलम्ब मिति र स्थान तोक्न पनि माग गरेका छन्।

केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन नभएका खण्डमा विशेष महाधिवेशन हुने र त्यसका लागि छलफलबाट कार्यतालिकालगायत ल्याइने प्रतिबद्धता जनाएका छन्।

WhatsApp-Image-2025-12-26-at-16.24.53_43e02e94-1766745634.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच छलफल भएको छ । ललितपुरको

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गरेका छन्। बुधबार विराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन

काठमाडौँ — विघटित प्रतिनिधिसभामा सांसद रहेका नेपाली कांग्रेसका ६५ जनाले संसद् पुन:स्थापना माग गर्दै हस्ताक्षरसहितको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका