"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको आग्रह

प्रकाशित मिति :  27 December, 2025 4:05 pm


काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ।

आयोगले आज ‍‍(शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै यही पुस १३ र १४ गते अपराह्न ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेस गर्न अनुरोध गरेको हो।

उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन्। आज केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरका

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच छलफल भएको छ । ललितपुरको

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गरेका छन्। बुधबार विराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन