"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि – बालेनविच सात बुदेँ सहमतिमा हस्ताक्षर

प्रकाशित मिति :  28 December, 2025 8:04 am


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ।  शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने नै हुनेछन्। 

सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्लेख छैन। तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्थ थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ।

बृहत एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियानी एवं अनुभवी विज्ञलाई समायोजन गर्ने सहमतिमा उल्लेख छ। साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ।

काठमाडौं –  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन्। आज केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरका

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच छलफल भएको छ । ललितपुरको