"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि – बालेनविच सात बुदेँ सहमतिमा हस्ताक्षर

प्रकाशित मिति :  28 December, 2025 8:04 am


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ।  शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने नै हुनेछन्। 

सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्लेख छैन। तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्थ थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ।

बृहत एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियानी एवं अनुभवी विज्ञलाई समायोजन गर्ने सहमतिमा उल्लेख छ। साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको