निर्वाचन आचारसंहिता तयार, के गर्न हुन्छ के हुदैन हेर्नुहोस ?
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन आचारसंहिता तयार भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ ।
शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ । साथै आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।













