"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको समानुपातिक सूचीमा कलाकारदेखि खेलाडीसम्म [सूचीसहित]

प्रकाशित मिति :  30 December, 2025 8:53 am


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो।

रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्। पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन्। चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।

दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्। त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्। फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्।

त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल  आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान छन्। गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन्।

जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन्। राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी, उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन्।

सूची हेर्नुहोस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकको आन्तरिक उम्मेदवार छनोटमा शीर्ष स्थानमा पर्नेहरुको सूची तयार भएको छ । आन्तरिक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

काठमाडौं – जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४