"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको समानुपातिक सूचीमा कलाकारदेखि खेलाडीसम्म [सूचीसहित]

प्रकाशित मिति :  30 December, 2025 8:53 am


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो।

रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्। पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन्। चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।

दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्। त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्। फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्।

त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल  आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान छन्। गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन्।

जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन्। राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी, उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन्।

सूची हेर्नुहोस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको