"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको कमेडी – भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई फरक पर्दैन

प्रकाशित मिति :  30 December, 2025 10:04 pm


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले-कांग्रेसजस्ता ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिँडेको बताएका छन्।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरू दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताएका हुन्।

‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद’ भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे। उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दाबी गरे।

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिक रूपमा विघटन भएको संसद पुन:स्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद् भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो। अध्यक्ष ओलीले संसद् पुन: स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए।

संसद् पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बतााए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको