"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको कमेडी – भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई फरक पर्दैन

प्रकाशित मिति :  30 December, 2025 10:04 pm


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले-कांग्रेसजस्ता ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिँडेको बताएका छन्।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरू दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसँग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताएका हुन्।

‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद’ भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडाबाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे। उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दाबी गरे।

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिक रूपमा विघटन भएको संसद पुन:स्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद् भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो। अध्यक्ष ओलीले संसद् पुन: स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए।

संसद् पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बतााए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ। कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे

काठमाडौं – नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।