"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छ, अन्य विकल्प छैन : महामन्त्री थापा

प्रकाशित मिति :  2 January, 2026 9:39 pm


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बहुमतले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित भएपछि महामन्त्री थापाले यस्तो बताएका हुन्।

पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा नियमित महाधिवेशन गर्नेगरी नयाँ कार्यकतालिका पारित गरेको हो। महामन्त्री थापाले बहुमतको बलमा पारित गरिएको नयाँ कार्यतालिका आफूहरूलाई स्वीकार्य नरहेको बताए। उनले विधानले नै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेपछि बोलाउनुबाहेक विकल्प नभएको बताए।

‘चार पाँच जनाको फरक मत रहे पनि बहुमतले नयाँ कार्यतालिका पारित ग¥यो,’ बैठकपछि महामन्त्री थापाले भने,‘विधानले नै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन नबोलाएर सुखै छैन।’

केन्द्रीय कार्यसमितिको बैठकले निर्णय नगरे केन्द्रले पुस २८ गते हुनेगरी विशेष महाधिवेशन बोलाउने उनले बताए। ‘फरक मत राखेर घरमा सुत्ने होइन,’ महामन्त्री थापाले भने,‘हामीसँग एक दुई दिन समय बाँकी छ, सभापतिज्यूले केन्द्रीय समिति बैठक बोलाउन लगाएर निर्णय गरे कांग्रेसकै लागि राम्रो हुन्छ, होइन भने विधानको धारा १७ (२) बमोजिम महामन्त्रीले विशेष महाधिवेशन बोलाउँछ।’

उनले केन्द्रीय समितिले निर्णय नगरे महामन्त्रीले विशेष महाधिवेशनको आयोजना गर्ने जिकिर गरे। महामन्त्री थापाले पुस मसान्तको विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई चाँडै निम्तो जाने समेत बताए।

केन्द्रीय समिति बैठकले नै पुस २६ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेकोले आफूहरू मौन भएर बसेको थापाले बताए। उनले भने, ‘केन्द्रीय समिति बैठकले नै पुस २६ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेकोले विशेष महाधिवेशनले बोलेन। अब नियमित नहुने भएपछि विशेष महाधिवेशन बोलाउन बाध्यकारी अवस्था सिर्जना भएको छ, नबोलाएर सुखै छैन।’

पुस २६ का लागि तोकिएको नियमित महाधिवेशन सम्भव नभएपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाखका लागि नयाँ कार्यतालिका पारित गरेको हो। प्रवक्ता प्रकाशशरण महतले कार्यसम्पादन समिति बैठकबाट संशोधित कार्यतालिका पारित भएको जानकारी दिए। महतका अनुसार वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा नियमित महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको