"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि, बालेन र कुलमानको एकतासँग डराएको छैन : प्रचण्ड

प्रकाशित मिति :  6 January, 2026 9:43 pm


काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन्।

साथै रवि लामिछानेलाई आफूले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि–बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए। प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको तर औपचारिक भेटघाट नभएको धारणा राखे।

यस्तै उनले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन्। राष्ट्रियसभामा तीन वटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गर्दै उनले आफ्नो दलको मतभार अनुसार सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हालेका घिसिङले बुधबार प्रधानमन्त्री सुशीला

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट

काठमाडौँ — कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा