"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि, बालेन र कुलमानको एकतासँग डराएको छैन : प्रचण्ड

प्रकाशित मिति :  6 January, 2026 9:43 pm


काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन्।

साथै रवि लामिछानेलाई आफूले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि–बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए। प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको तर औपचारिक भेटघाट नभएको धारणा राखे।

यस्तै उनले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन्। राष्ट्रियसभामा तीन वटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गर्दै उनले आफ्नो दलको मतभार अनुसार सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको