"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका महामन्त्रीद्धयद्धारा विशेष महाधिवेशन आह्वान

प्रकाशित मिति :  7 January, 2026 8:57 pm


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेगरी उनीहरूले विशेष अधिवेशन आह्वान गरेका हुन्।

‘विधानको धारा ३(१२) तथा धरा २७ (१) को समेत व्यवस्थालाई आत्मसात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्दछौँ,’ बुधबार साँझ थापा र शर्माले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले अटेर गरेको उनीहरूले आरोप लगाएका छन्। केन्द्रीय कार्यसमितिले चासो नलिएपछि आफूहरूले विशेष महाधिवेशन आह्वान गरेको थापा र शर्माले जनाएका छन्।

‘विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २ हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरुपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो। तसर्थ ः केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास ग¥यौँ, तर केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन,’ संयुक्त वक्तव्यमा भनिएको छ।

विधानबमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना विधानले नगरेको उल्लेख गर्दै उनीहरूले विशेष विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान नगरेको जिकिर गरेका छन्।

पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिका तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार रहेको बताउँदै महामन्त्रीद्वयले तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन्।

‘विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरित हो। विधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो। एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो। हामीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ, गर्नेछौँ,’ थापा र शर्माले भनेका छन्।

यता कांग्रेस पार्टी कार्यालयले व्यक्तिले बोलाएको अधिवेशन वा विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीपंक्तिलाई आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको