"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुलमान घिसिङले पदबाट दिए राजीनामा

प्रकाशित मिति :  7 January, 2026 9:59 pm


काठमाडौँ- उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हालेका घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा दिएका हुन्।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि उनीमाथि राजनीमा दिनुपर्ने दबाब बनेको थियो। नागरिक सरकार भएकाले कुनै पनि पार्टीको व्यक्ति सरकारमा रहन नहुने भन्दै आलोचना भएको थियो।

प्रधानमन्त्री कार्कीले बालुवाटारमा घिसिङलाई खादा लगाएर बिदाइ गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र