"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण हो : प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  14 January, 2026 2:39 pm


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनका अनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो ।

स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताए । स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाइ छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनको भनाइ छ ।

‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रुपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र बाह्य रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउने प्रयोगात्मक जीवन पद्धति पनि हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशाशित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्रै खोज्दैन, आफ्नो कर्तव्य के हो ? भन्ने प्रश्न आफैसँग गर्छ ।’

स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उनले बताए । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाइ छ ।

‘स्वजागरण व्यक्तिगत रुपान्तरणमा मात्रै सिमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगको विश्वव्यापी अभ्यास बन्दै गएको छ । सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित रहन सक्दैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो निजी क्षेत्र नागरिक समाज र विशेषगरी परिवर्तनप्रति सचेत प्रविधिमैत्री र प्रश्न गर्नसक्ने क्षमता भएको युवापुस्तासम्म विस्तार हुनैपर्छ । निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको निगरानी र युवाको सिर्जनशिलता, नवप्रर्वतक तथा जिम्मेवार नागरिक चेतनाविना समावेशी र दिगो सुशासन सम्भव छैन ।’

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन

काठमाडौँ — भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै भएको जेन–जी आन्दोलनको जगमा गठित सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण अझै

काठमाडौं – सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूलाई पनि समेट्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको