"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

प्रकाशित मिति :  23 January, 2026 12:12 pm


काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्।

त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।

राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट महानुभावहरूको उपस्थिति थियो।

वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ। यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे

काठमाडौं – सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दाबी विरोध तथा निर्वाचन अधिकृत कार्यालयले

काठमाडौँ – राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन् । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली