"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हरिबोल गजुरेलसहित ७ जना नेकपाबाट निष्कासित

प्रकाशित मिति :  24 January, 2026 1:41 pm


काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि ‘विद्रोही’ उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन  गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा), र जिवछ साह (सिरहा) रहेका छन् । २१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको उल्लेख छ ।

सिन्धुली-२ मा पूर्वसांसद लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएपछि गजुरेल पक्षले विद्रोह गरेको थियो । सो क्षेत्रमा महेश्वर दाहाल बागी उम्मेदवार उठाइएको छ । यस्तै, दाङ-१ मा कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । नेकपा उम्मेदवार मेटमणि चौधरीविरूद्ध पूर्वमुख्यमन्त्री समेत रहेका केसीले विद्रोह गरेका छन्।

नेकपाबाट टिकट नपाएपछि धर्मनाथ साहले सिरहा-४ मा एमालेबाट उम्मेदवारी दिएका छन् । यस्तै, उदयपुर-२ मा पनि पार्टीले टिकट नदिएको भन्दै मेजर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद