"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन सभापति गगन थापाले रोजे सर्लाही ? [भिडियो]

प्रकाशित मिति :  24 January, 2026 9:24 pm


काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्। शनिबार काठमाडौँमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन्।

काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ। सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे।

‘म काठमाडौँ ४ का नागरिकको जीवनभर ऋणी रहनेछु। योपटकको निर्वाचन काठमाडौँ ४ मा मेरा लागि एकदमै सहज निर्वाचन थियो, तर सजिलो हुँदै गर्दा मैले अप्ठेरो रोजेको हुँ,’ थापाले भने,‘किनभने काठमाडौँ बाहिर जानुपर्छ भनेर मैले अठोट गरेको हुँ। योभन्दा पहिले पनि गरेको थिएँ, तर आँट गर्न सकिन। योपटक आँट्नुपर्छ भनेर आँटेको हो।’

कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे। आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए। सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे।

‘मधेशसँग मुखको औपचारिक सम्बन्धमात्रै जोडेर हुँदैन, कांग्रेस पार्टीको जन्म पनि त्यहीँ भयो, कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो,’ उनले भने,‘मैले आँट गरेर भए पनि, जोखिम लिएर भए पनि आफूलाई मधेशमा समाहित गरेर एकपटक मैले मधेशको नेतृत्व गर्ने प्रयास गरेँ भन्ने बल्ल म राष्ट्रको नेता हुनसक्छु।’

त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसात गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए। अहिलको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केही कमीकमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद