"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  28 January, 2026 6:36 pm


काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा उनीहरूबिच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको जनाउँदै अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको बताइन् । उनले नर्वेसहित अन्तरराष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उहाँको नेतृत्वमा आगामी निर्वाचन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे ।

साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) ले सार्वजनिक बहस अस्वीकार गरेका छन् ।