"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति कांग्रेस नै हो : सभापति थापा

प्रकाशित मिति :  30 January, 2026 5:05 pm


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्ति चाहिएको र त्यो काम कांग्रेसले नै गर्ने बताएका छन्। ध्वंश र उत्तेजनाभन्दा पनि मुलुकलाई सम्हाल्ने शक्तिको अहिले जरूरी रहेको उनको भनाइ छ।

‘अहिले मुलुकलाई सच्याउने र सुधार गर्ने शक्ति चाहिएको छ,’ धनुषामा आज आयोजित कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले देशलाई सम्हाल्छ र व्यवस्थालाई सुधार्छ। कांग्रेस आफू बदलिएर आएको छ, देशको अवस्था बदल्छ।’

उनले अन्य उम्मेदवार र पार्टीका बारेमा नकारात्मक टिप्पणी नगर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन्।  ‘हामी सकारात्मक ऊर्जा लिएर जान्छौं, हामी देश जोड्ने पार्टी हो। हामी देशलाई सम्हाल्ने पार्टी हो। हामी ध्वंश गर्ने पार्टी होइन। उत्तेजना फैलाउने पार्टी होइन। कांग्रेस भनेको सम्हाल्ने शक्ति हो,’ उनले भने।

उनले आफूहरूलाई सम्हाल्ने शक्ति चाहिएको बताए। उनले भने, ‘कांग्रेसले एकैचोटि दुई ओटा कुरा गर्छ यसपटक- देशलाई सम्हाल्छ, व्यवस्थालाई सुधार्छ।’  उनले पार्टीभित्र कुनै गुट नरहेको बताए। ‘हामी फरक ढंगले फरक सोचले आएका छौं, पार्टीमा कुनै गुट छैन,’ उनले भने, ‘अर्को पटक उम्मेदवार छान्ने प्रक्रिया नै बदल्छौं।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद