"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  1 February, 2026 4:42 pm


काठमाडौँ — नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२० भदौ २०८२ मा पौडेललाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पुनर्बिमा कम्पनीको अध्यक्षमा ४ वर्षका लागि नियुक्ति गरेका थिए ।पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिइएको छ ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सोही अभियोगमा सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध मुद्दा दायर भएको हो ।

प्रतिवादीहरुले सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई हानि पुर्‍याएको दाबीसहित अख्तियारले बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिएको छ । प्रतिवादीहरुउपर फरकफरक बिगो रकम कायम गरेर आरोपपत्र दायर भएको अदालतका प्रवक्ता लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद