"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति गगन थापाले भने- नारा नै लगाउने भए अबकी बार सय पारको लगाउनुस्

प्रकाशित मिति :  6 February, 2026 6:23 pm


कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन आग्रह गरेका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको सरकार कांग्रेसको मात्र नभनेर सय सिट पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।

‘मधेशका जाँदै गर्दा मैले साथीहरूलाई अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् भनेको छु,’ सभापति थापाले भने । उनले आगामी निवार्चनबाट कांग्रेसलाई बहुमतमा पुर्‍याउन सकिने जिकिर पनि गरे ।

‘त्यहाँ पुर्‍याउने हो यसपालि । मज्जाले जाने हो,’ थापाले भने, ‘सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’ सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्नेमा जोड दिए ।

‘मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर,’ उनले भने, ‘ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा–वडा, टोल–टोलमा संगठन गर्ने पार्टी हो यो ।’ सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने पनि बताए ।

‘हामी बदलिएर आएका छौँ । बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि,’ उनले भने, ‘यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको