"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छ : उपसभापति शर्मा

प्रकाशित मिति :  12 February, 2026 7:48 pm


काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दलहरू चुनावी गठबन्धन नगरी प्रतिस्पर्धामा जानु सकारात्मक रहेको बताएका छन्।

रूपन्देहीमा आज नेता कार्यकर्ताहरूसँगको संवादमा उनले भने, ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा होl कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छl यो आफ्नो ठाउँमा छ, तर हामी चाहन्छौं- प्रधानमन्त्री ५ वर्ष टिक्न/टिकाउन संवैधानिक व्यवस्थानै गरौंl’ 

प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पुरै ५ वर्ष शासन गर्ने कथं बहुमत नपुगेमा `विनर्स टेक अल´ को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो/तेस्रो लगायतका दल सरकारमा नगएर पुरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने वा यस्तै कुनै अवधारणामा चुनाव पूर्व राष्ट्रिय सहमति गर्न सकिने उनले बताए।

सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नसमेत उनको प्रस्ताव छ। साथै उनले चुनावअघि नै बृहत सम्मेलन गरी संोिधान र समग्र पद्धतिमा सुधार गर्न आग्रह गरेका छन्।

‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको गोलमेच भनौं या वृहत् सम्मेलन भनौं त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको सहमति गरौं,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको