"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राप्रपाको सङ्कल्प पत्रः अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल

प्रकाशित मिति :  14 February, 2026 8:32 pm


काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २०८७ सम्ममा दिगो बिकास हासिल गर्ने लक्ष्यसहितको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रमकाबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु कमल थापा, पशुपतिशम्शेर जबरा, डा. प्रकाश चन्द्र लोहनीलगायतले आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रित पार्टीको संकल्पपत्र सार्वजनिक गरेका हुन्।

संकल्पपत्रमा राप्रपाले राष्ट्रियता र सार्वभौमिकताको सुदृढिकरण, शासकीय सुधार, सामाजिक रुपान्तरणको प्रर्बद्धन, सामाजिक सुरक्षाको सुनिश्चितता तथा २०८७ सम्ममा दिगो बिकास हासिल गर्ने लक्ष्य राखेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्धनको निम्ति राष्ट्रिय सुरक्षा मूल नीति बनाइएको राप्रपाले जनाएको छ।

नेपालका समृद्धिका ६ प्रमुख आधार स्तम्भ जलस्रोत÷विद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, विदेशमा बस्ने नेपालीको सीप र पूँजी र निजि क्षेत्रको विकासमा नीतिगत कदम कार्यान्वयन गरिने राप्रपाको संकल्प पत्रमा उल्लेख छ।

त्यसैगरि उच्चस्तरीय नागरिक आयोग गठन गरी ४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरिने, राजनीतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने, न्यायापालिकामा देखिएको विकृति विसंगति अन्त्य गरिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीयतह भएको दुई शासकीय संरचना, गैरदलीय स्थानीय तह लगाएतका बिषयलाई समेत संकल्प पत्रमा प्राथमिकताका साथ राखेको छ।

त्यस्तै राप्रपाले कसैले नहार्ने देशले जित्ने सवल, समृद्ध र सम्मुन्नत नेपाल निर्माण गर्ने अभियानमा समर्थन गर्न आह्वान समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको