"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मत सर्वेक्षण सार्वजनिक बारेमा आयोगको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति :  18 February, 2026 1:50 pm


काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचारप्रसारका लागि आयोगले मंगलबार काठमाडौँमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिताविपरीत मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउने गरी मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउने काम भएकाले यस्तो नगर्न उनले अनुरोध समेत गरे।

उनले प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गरे। प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम हुने भण्डारीले बताए। उनले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।

प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उनले बताए। उनले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा राखे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका