"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अब ८ वटा पालिकाको नतिजा आउन बाकी, कुनमा कसको अग्रता

प्रकाशित मिति :  25 May, 2022 9:10 am


काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बुधबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४/४ पालिकामा प्रमुख पद जितेका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १/१ पालिकामा प्रमुख पद जितेका छन्।यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन्।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटको एउटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।  

यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ। लुम्बिनीबाट दाङको तुलसीपुर उपमहानगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलबस्तुको महाराजगन्ज नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। 

यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ।  बाँकी रहेका ८ वटा मध्ये बाजुराको बुढीगंगा नगरपालिकामा विवादका कारण मतगणना सुरू हुन सकेको छैन। बाँकी ७ वटा पालिकामा भइरहेको छ। गणना अनुसार नेपाली कांग्रेसले ५, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले १-१ पालिकामा अग्रता लिइरहेका छन्। 

यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको