"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरणको अवस्था पेश गर्न विशेष अदालतको आदेश

प्रकाशित मिति :  26 February, 2026 9:48 pm


काठमाडौं – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सात वर्षअघि खरिद भएका उपकरणहरू जडान भए नभएको अवस्था पेश गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल लगायतमाथि दायर गरेको भ्रष्टाचारमुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले उपकरणहरूको अवस्था पेश गर्न आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘खरिद भएका उपकरणहरू जडान भएका छन् वा छैनन् ? जडान भएका भए के कुन स्थानमा जडान भएका छन् ? साथै उपकरणहरू हाल के कुन अवस्थामा रहेको छन् ? सोको स्पष्ट विवरण उक्त केन्द्रबाट झिकाउनू ।’

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेका उपकरण प्रयोगविहीन भएको र त्यसक्रममा कमिसनको खेल भएको भन्दै अख्तियारले गत जेठमा केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल लगायत चार जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूमाथि ५ करोड ७९ लाख रुपैंया हानीनोक्सानी पुर्‍याएको आरोप समेत लगाएको थियो ।

अख्तियारले पौडेल सहित केन्द्रका सहायक निर्देशक रमेश पोखरेल, कम्प्यूटर इञ्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र म्याक्स इन्टरनेशनल कम्पनी र त्यसका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनमाथि मुद्दा चलाएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको