"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक : सभापति थापा

प्रकाशित मिति :  1 March, 2026 7:57 pm


नुवाकोट — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताएका छन् ।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आइतबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए । 

‘पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मुख्य संकल्प लिएर अघि बढेको छ,’ सभापति थापाले भने, ‘अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौँ । सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घट्ना हुन दिन्नौँ ।’

चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानुनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स–साना समस्यालाई पनि महत्वका रुपमा लिने उनले विश्वास दिलाए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद