"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मौन अवधिमा गलत काम भए कारबाही हुन्छ : निर्वाचन आयोग

प्रकाशित मिति :  3 March, 2026 1:05 pm


काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने बताउँछन् निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ।

‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, उनी भन्छन्, ‘त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरु पहिचान गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’

उनका अनुसार आयोगले पटकपटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ । उनी भन्छन्, ‘कुनै कानूनले निषेध गरेको कुरा भयो र वस्तुगत प्रमाणले ठहर गर्‍यो भने उहाँको मनोनयनपत्र खारेज गछौं । विजयी, पराजयी जे भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं र त्योभन्दा पछाडि ६ वर्ष कुनै पनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउनेगरि हामी व्यवस्था गर्छौं ।’

सबै सरोकारवालाहरु आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनी थप्छन्, ‘यदि त्यस्तो कुनै गलत काम भयो भने त्यसमा शून्य शहनशिलता हुन्छ । सबै सरोकारवालाहरुले जहाँ, जस्तो जे पाउनुहुन्छ, सूचना निर्वाचन आयोगलाई दिनुस् । त्यस्ता विषयमा कारबाही गर्न निर्वाचन आयोग पछि हट्दैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद