"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी, बालेन शाह जित नजिक

प्रकाशित मिति :  25 May, 2022 10:42 am


काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।
अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको