"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा ४ क्षेत्रमा र कांग्रेस २ क्षेत्रमा विजय

प्रकाशित मिति :  6 March, 2026 6:55 pm


काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २ क्षेत्रमा जितेको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं। ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ पुनस् निर्वाचित भएका छन्। श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर निर्वाचित भएका हुन्।

यसअघि २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। काठमाडौँ निर्वाचन क्षेत्र नं। ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल पुनस् निर्वाचित भएका छन्। खनाल २७ हजार ७१९ मत ल्याएर निर्वाचित भएका हुन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं। १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।

त्यस्तै, हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। मनाङमा टेक बहादुर गुरुङ २,४१५ मत ल्याएर विजय भएका छन् । दुवैले दोस्रोपल्ट संघको चुनाव जितेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद