"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिकतर्फ रास्वपालाई ५० लाख मत, अरु कुन दलको कति मत ?

प्रकाशित मिति :  10 March, 2026 1:14 pm


काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ५०,२९,८७४ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १७,०२,०२१, नेकपा (एमाले)ले १४,१७,६०६, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३२ र जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् । प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

https://result.election.gov.np/PRVoteChartResult2082.aspx



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद