"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

प्रकाशित मिति :  11 March, 2026 9:17 pm


काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट बुधबार भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्नेदेखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले सबैको सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे।

गृहसचिव राजकुमार श्रेष्ठले सबैले आआफ्नो व्यावसायिक निष्ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भई जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट उच्च प्रशंसा प्राप्त गर्न सफल भएको बताए।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरिएको तयारीबारे आ–आफ्नो क्षेत्रको अनुभव सुनाउनुको साथै विगत ३० वर्षको अवधिमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित एकैसमयमा एकैपटक निर्वाचन भएकाले ऐतिहासिक उपलब्धि हासिल गरिएको बताउँदै यस सफलतामा गृहमन्त्री अर्यालको कुशल नेतृत्वदायी भूमीका र अभिभावकत्वको प्रशंसा गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद