"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रत्यक्ष र समानुपातिकतर्फ कति भयो मत बदर ?

प्रकाशित मिति :  12 March, 2026 11:01 pm


काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ।

प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो। त्यसमध्ये ६ लाख ९ हजार १५ मत बदर भएको छ। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो। सोमध्ये ४ लाख ४५ हजार ५९२ मत बदर भएको छ। 

बिहीबार साँझ निर्वाचन आयोगले समानुपातिकतर्फको सिट टुंगो लगाएसँगै दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ। आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ सिट पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ। 

त्यस्तै नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ र श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट पाएका छन्। समानुपातिक सांसदको सिट पार्टीहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण हुने गर्छ। 

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राप्रपाले १ सिट जितेका छन्। एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको