"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्दै

प्रकाशित मिति :  13 March, 2026 10:05 pm


काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो।

कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको जानकारी दिए।

२१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ। पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेकाहरूलाई कारबाही गर्न कतिपय क्षेत्रीय समितिहरूले सिफारिस गरेका छन्।

त्यस्तै बैठकले पार्टी केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको