"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

प्रकाशित मिति :  15 March, 2026 8:15 pm


काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको सिफारिसमा नियुक्त हुने राष्ट्रियसभाको एक पद रिक्त रहेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एक जनालाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने व्यवस्था छ।

यसअघि राष्ट्रियसभाको यो सिटमा वामदेव गौतम सिफारिस भएका थिए। यही फागुन १९ मा गौतमको पदावधि सकिएपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहनिकट मानिन्छन्। शाह काठमाडौँ महानगरपालिकाका मेयर छँदा अर्याल सल्लाहकार थिए। रास्वपाले शाहलाई आगामी प्रधानमन्त्री बनाउने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको