"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाका शीर्ष नेताहरू सरकार गठनबारे छलफलमा

प्रकाशित मिति :  19 March, 2026 8:01 pm


काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् ।रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत हो ।

संविधानको धारा ७६ अनुसार अब रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार बन्नेछ । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत षगरिसकेको छ तर, प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार रास्वपाले संसदीय दलको नेता चयन गरेसँगै राष्ट्रपतिले चयन भएको दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको