"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति गगन थापाको प्रष्टीकरण – हतार र हतासमा राजीनामा दिएको होइन [भिडियो]

प्रकाशित मिति :  24 March, 2026 2:50 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले कुनै हतार वा हतासमा आएर राजीनामा नदिएको बताएका छन्।मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएको बताएका हुन्।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मासमक्ष मैले राजीनामा पेस गरेको थिएँ,’ उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा दिनुपर्ने अवस्थामा उपसभापतिसमक्ष दिने र उपसभापतिले त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था छ। यस विषयमा छलफल पनि भइसकेको छ।’

थापाले यो कदम कुनै दबाब वा ग्लानीका कारण नभएको र जवाफदेहीताको भावनाबाट प्रेरित भएर लिइएको निर्णय भएको बताए। ‘मैले हतार वा हतासमा राजीनामा दिएको होइन,’ उनले भने, ‘निर्वाचनमा विशेष महाधिवेशन नगरी सहभागी भएका थियौं, त्यसको परिणाम कसरी आयो भन्ने कुरा हामी सबैले बुझेका छौं।’

उनले विशेष महाधिवेशनका विषयमा कुनै अलमल वा दोधारमा नपरेको पनि दाबी गरे। थापाले भने, ‘विशेष महाधिवेशन गरेर कतै गल्ती भयो कि भन्ने कुनै क्षण पनि मैले सोचेको होइन। यो निर्णय कुनै दबाबमा आएर गरिएको पनि होइन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको