"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभा सदस्यको शपथग्रहणको तयारी पूरा

प्रकाशित मिति :  25 March, 2026 9:27 am


काठमाडौँ – प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनभित्र बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान सम्पन्न भएको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका नतिजासमेत सार्वजनिक गरेर निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिसकेको छ । प्रतिनिधि सभा सदस्यमध्येका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका समानुपातिक प्रणालीतर्फबाट निर्वाचित सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गर्ने छन् ।

ज्येष्ठ सदस्यका रूपमा केसीले शपथग्रहण गरेपछि बिहीबार अन्य २७४ जना सदस्यलाई केसीले नै शपथग्रहण गराउने छन् । केसीले राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण हुनेछ भने अन्य सदस्यलाई संसद् भवनमै शपथग्रहण गराउने कार्यक्रम छ । तर तत्काल संसद् बैठकका लागि निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सोही भवनभित्र बनेको बहुउद्देश्यीय (अन्य कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि बनेको) हल प्रयोग गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिए । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले कुनै हतार वा हतासमा आएर राजीनामा नदिएको बताएका छन्।मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान