"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सडकमा बसेर सरकार चलाउछौँ : कुलमान घिसिङ

प्रकाशित मिति :  25 March, 2026 1:03 pm


काठमाडौँ — उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सडकबाट सरकार चलाउने बताएका छन् । उनले भने – “जनताले दिएको अभिमत सबैले स्वीकार गर्नु पर्दछ । उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर आमनेपाली म्यानडेट दिनु भएको छ । यो देशको समस्या, विभेद र समृद्धिका विषयमा सशक्त रुपमा उभिनेछौँ ।”

घिसिङले अबको सरकारका राम्रा कामहरुलाई समर्थन र गलत प्रवृत्तिलाई सडकबाट खवरदारी गर्ने बताए । सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति आफ्नो प्रतिबद्धता अटल रहेको बताए ।

चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै उनेपालाई थप सुद‌ढ बनाउने अभियानमा आफूहरु केन्द्रित रहेको समेत उनले बताए । उज्यालो नेपाल पार्टीले प्रदेश, जिल्ला, नगर हुदै गाउटोलसम्म नै निर्वाचनको समिक्षा गर्दै संगठन बनाउने योजनामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको