"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको भनाई पुष्टि गर्न उद्योगमन्त्रीको चुनौती, संसद फेरी अवरुद्ध

प्रकाशित मिति :  27 May, 2022 1:31 pm


काठमाडौं । विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने