"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको भनाई पुष्टि गर्न उद्योगमन्त्रीको चुनौती, संसद फेरी अवरुद्ध

प्रकाशित मिति :  27 May, 2022 1:31 pm


काठमाडौं । विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको