"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनिर्वाचित सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन संसद सचिवालयको सुचना

प्रकाशित मिति :  29 March, 2026 5:02 pm


काठमाडौँ — संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।  भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना प्रकाशित गरेको हो ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सांसदहरूले जेठ १० गतेभित्र यस्तो विवरण सचिवालयमा रहेको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्नेछ।सम्पत्तिको विवरण भने गोप्य रहेनछ ।

सांसदहरूले सिलबन्दी खाममा बुझाउनुपर्ने विवरणमा नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना र मोबाइल नम्बर लगायतको विवरण भने उल्लेख गर्नुपर्छ । सांसदहरूले सम्पत्ति विवरण बुझाउँदा सम्पत्तिको स्रोत वा निस्सका सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने