"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

प्रकाशित मिति :  29 March, 2026 8:44 pm


काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले प्रवेश परीक्षाका लागि सञ्चालन हुने तयारी कक्षा तथा ‘ब्रिज कोर्स’ बन्द गर्ने निर्णय गरेका हुन्।

निर्णय वैशाख १ गतेदेखि लागू हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने भएकाले यस्ता कार्यक्रम बन्द गर्ने निर्णय भएको मन्त्रालयको भनाइ छ।

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू अगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२/१२/१३ गते निर्णय भएकोले सोहीअनुसार गर्नु गराउनहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ,’ सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानरी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुमगन गरी सञ्चालन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान