"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री शाहद्धारा कोशी र कर्णाली प्रदेशका संघीय सांसदहरूसंग छलफल

प्रकाशित मिति :  30 March, 2026 4:48 pm


काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले कोशी र कर्णाली प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा उनले दुवै प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

छलफलका क्रमाम प्रधानमन्त्री शाहले तत्काल गर्न सकिने कामबारे राय मागेको सांसदहरूले बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका सांसद रमेश मल्लले प्रधानमन्त्री शाहबाट निर्वाचन क्षेत्रमा तत्काल गर्न सकिने कामबारे जानकारी लिने काम भएको जानकारी दिए।

छलफलका क्रममा कर्णालीका सांसदहरूले बजेट विनियोजनमा आफ्नो प्रदेशसँग विभेद नगर्न सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले बजेटमा कर्णालीलाई प्राथमिकता राखिने भए पनि तत्काल सुशासन र शिक्षा क्षेत्रमा जोड दिने सरकारको नीति रहेको बताएको सांसद मल्लले बताए।

‘बजेटका लागि सीमित श्रोत छ, कर्णालीलाई हामीले प्राथमिकतामै राख्ने हो,’ प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै उनले भने,‘पहिलो वर्ष सुशासनतर्फ सरकारको विशेष ध्यान रहनेछ।’

सांसदहरूले प्रतिनिधिसभाको अधिवेशन बनाउन पनि प्रधानमन्त्री शाहसँग माग गरेका छन्। संसद सञ्चालन गरेर छलफल गर्ने वातावरण बनाइदिन आफूहरूले प्रधानमन्त्रीसँग माग गरेको मल्लले जानकारी दिए। त्यस्तै उनीहरूले बर्खाको मौसम आउन थालेकोले विपद् जोखिम न्यूनीकरणका लागि सरकारलाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री शाहले त्यसअघि कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। कोशी प्रदेशका सांसदहरूसँगको छलफलका क्रममा पनि प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्या र तत्काल गर्नुपर्ने कामबारे जानकारी मागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपककुमार साहले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने