"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

प्रकाशित मिति :  2 April, 2026 4:21 pm


काठमाडौँ – नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले आफैँ सार्वजनिक गर्ने कि गोरखापत्रबाट मात्र थाहा पाउने भन्ने प्रश्न सरकारलाई गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै भने, ‘जाँचबुझ आयोगको प्रतिवेदन सरकार आफैँ सार्वजनिक गर्छ कि सरकार पनि गोरखापत्रमै पढेर थाहा पाउने हो?’

उनले सरकारलाई कानुनी प्रक्रिया र मर्यादालाई ध्यानमा राख्दै जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे। दोषी उम्किन नपाउने र निर्दोष नफस्ने कांग्रेसको पुरानो अडान आज पनि यथावत् रहेको उनले बताए। आङ्देम्बेले संसद् भवन र सिंहदरबारमा भएको आगजनी तथा तोडफोडप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटना पुनः नदोहोऱ्याउन जोड दिए।

उनले प्रश्न गरे, ‘किन संसद् भवन खरानी बन्यो? किन सिंहदरबार जल्यो? किन यति धेरै भौतिक संरचना ध्वस्त पारिए?’ उनका अनुसार गत भदौ २३ र २४ गतेका दुवै घटनालाई समान रूपमा छानबिन गर्न आवश्यक छ। एक दिनको घटना मात्र देख्ने र अर्को दिनको बेवास्ता गर्ने प्रवृत्ति गलत भएको उनले बताए।

उनले जाँचबुझ आयोगप्रति पनि असन्तुष्टि जनाउँदै २३ गतेको घटनामा अनुसन्धान र कारबाही सिफारिस गरे पनि २४ गतेको घटनामा समय अभाव देखाउनु उचित नभएको टिप्पणी गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने