"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल प्रहरीमा ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान

प्रकाशित मिति :  3 April, 2026 1:13 pm


काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान गरेको छ। यसअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन खुला गरिएको हो।

इन्जिनियरिङ समूहअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ तथा आर्किटेक्चर र अटोमोबाइल विषयमा पदहरू समावेश छन्। त्यस्तै विधि विज्ञानतर्फ बायोलोजी र रसायन विषयका साथै स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए पदमा समेत आवेदन माग गरिएको छ।

कुल संख्यामध्ये प्राविधिक प्रहरी जवानतर्फ २८० जना र अन्य विभिन्न पदमा १२९ जनाका लागि भर्ना खुलाइएको हो। दरखास्त दिने म्याद प्रहरी नायव उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय