"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख पदका लागि डिपी अर्यालको मनोनयन दर्ता

प्रकाशित मिति :  3 April, 2026 1:28 pm


काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका सांसद डिपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। आज उनले सभामुखमा उम्मेदवारी दिएका हुन्।

अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्साल छन्। रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति लामिछानेले सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ। अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद