"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रकाशित मिति :  6 April, 2026 3:39 pm


काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले प्रस्ताव गरेका तीन वटा अध्यादेश प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई अनुमोदन गरेको हो।

अध्यादेशहरू स्वीकृतिका लागि गृहमन्त्री गुरुङले प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव अघि सभामुख डोलप्रसाद अर्यालले ती अध्यादेश अस्वीकार गर्ने कुनै सूचना प्राप्त नभएको जानकारी दिएका थिए।

त्यसैगरी, बैठकले नेकपाका सांसद रामचन्द्र भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ।प्रतिनिधिसभाको अर्को बैठक चैत २४ गते मंगलबार अपराह्न १ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद