"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले बोलायो ६ देशका राजदूतलाई फिर्ता

प्रकाशित मिति :  7 April, 2026 9:57 am


काठमाडौँ — सरकाले राजनीतिक कोटाबाट नियुक्ति पाएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अप्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

ओली सरकारले ३४ वटा मिसनहरु मध्ये १७ मा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्ति पाएका ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउँदा ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् । उनले फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किने सोमबार पत्राचार भइसकेको बताए । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा(भारत), चित्रलेखा यादव(अस्ट्रेलिया), पुर्णबहादुर नेपाली(श्रीलंका), शिवमाया तुम्बाहाम्फे(दक्षिण कोरिया), सुम्निमा तुलाधार(डेनमार्क) र कपिल श्रेष्ठ (साउथ अफ्रिका)लाई फिर्ता बोलाएको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको