"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

प्रकाशित मिति :  8 April, 2026 1:03 pm


काठमाडौँ –  प्रधानमन्त्री बालेन शाहले बुधबार विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्। आज मध्याह्न १२ बजेपछि राजदूतहरूसँग सामूहिक छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ दिपा दाहालले जानकारी दिइन्।

उनका अनुसार भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री पनि सहभागी हुनेछन्। छलफलमा प्रधानमन्त्रीले देशको राजनीतिक अवस्था, सरकारका नीति, दृष्टिकोण र प्राथमिकताबारे राजदूतहरूलाई जानकारी गराउनेछन्।

विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै मुलुकको प्राथमिकता, सरकारको दृष्टिकोण बताउने अभ्यास यसअघि नरहेको भन्दै यसले नेपालको कूटनीतिक क्षेत्रमा नयाँ मानक स्थापित गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार यसअघि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, नेपालस्थित कूटनीतिक नियोगप्रमुख हरूले प्रधानमन्त्रीसँग भेटको प्रस्ताव पनि राख्दै आएका थिए। तर प्रधानमन्त्री बालेनले त्यसमा रुचि देखाएका थिएनन्।

प्रधानमन्त्री बालेनको विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्ने र सामूहिक रूपमा नै दृष्टिकोण राख्ने योजना र तयारीअनुसार नै भेटघाटको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको