"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताका समस्याहरुमा गम्भीर बन्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  8 April, 2026 5:14 pm


काठमाडौँ – बुधबार)बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदले देशका विभिन्न क्षेत्रका जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद जगतप्रसाद जोशीले कमलरी तथा कमैया समुदायका नागरिकलाई परिचयपत्र वितरण गर्न, बसोबासका लागि जग्गा उपलब्ध गराउन तथा जग्गाधनी पुर्जा प्रदान गर्न सरकारसँग माग गरे। उनले दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

यसै गरी सांसद जगदीश खरेल (दोलखा)ले कालिञ्चोक गाउँपालिका क्षेत्रको लापिलाङस्थित पहिरो तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै जोखिम न्यूनीकरण सम्भव नभए प्रभावित बस्ती स्थानान्तरण गर्नुपर्ने बताए।

सांसद जनकसिंह धामीले बैतडीस्थित बेलरी भन्सार स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन र सीमा समस्याको समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभयो। त्यसैगरी सांसद जयपति रोकायले हुम्लामा सडक पूर्वाधार स्तरोन्नति गर्न र हवाई भाडादर घटाउन सरकारलाई आग्रह गरे। दुर्गम क्षेत्रका नागरिकलाई सहज यातायात पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

सांसद छविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न माग गरे। सांसद टीका सङ्ग्रौलाले अछाममा स्वास्थ्य संस्थाको अभावका कारण सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्वास्थ्य सेवा विस्तारमा सरकार गम्भीर हुनुपर्ने बताइन्।

सांसद तारा विश्वकर्माले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न, आकस्मिक व्यवस्थापनका लागि पर्याप्त बजेट छुट्याउन तथा पूर्वसूचना प्रणाली र पूर्वतयारीमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिइन्।

यसै गरी सांसद टुकाभद्र हमाल, ठाकुरसिंह थारु, तापेश्वर यादव, ताहिर अली, दीपकराज बोहोरा, दीपककुमार साह (सुनसरी), देवराज पाठक, धनञ्जय रेग्मी, धरेन्द्र कार्की, धनबहादुर बुढा, धर्मराज केसी र नरेन्द्रकुमार केरुङलगायतले पनि आ–आफ्ना क्षेत्रका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद नरेन्द्रकुमार गुप्ता, नीतिमा भण्डारी कार्की, निशा डाँगी, निश्कल राई, नीता घतानी, पवित्रा विक, पर्शुराम तामाङ, पारस मणी गेलाल, पार्वती विक, पुकार बम, पुष्पाकुमारी चौधरी, पुनमकुमारी अग्रवाल, पुर्णप्रसाद लिम्बु, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रभा कार्की, पुरुषोत्तम सुप्रभात यादव, प्रभा ढकाल, प्रमिला गच्छदार, प्रमिला कुलुजु, प्रमोदकुमार महतो, प्रसान्त उप्रेतीलगायतले पनि समसामहिक विषयमा धारण राखेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद