"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रकाशित मिति :  10 April, 2026 11:47 pm


काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। मरिससमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा शुक्रबार खनाल र जयशंकरबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा दुवै पक्षबीच विद्यमान साझेदारीलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ।

‘दुवै मुलुकबीच विद्यमान साझेदारीलाई थप उचाइमा पु¥याउने यसको पूर्ण क्षमतालाई उपयोग गर्ने विषयमा गहन छलफल भएको छ,’ भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्।
भेटका अवसरमा विदेशमन्त्री जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई बधाइ दिएका थिए।

मसिसमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल बिहीबार त्यसतर्फ गएका हुन्। भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणमा खनाल उनी मरिसस गएका हुन्।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षत्व’ शीर्षकमा आयोजना गरिएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनको चैत ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन्। पार्टी केन्द्रीय नीति, अनुसन्धान

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ । रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई

काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भएको