"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महामन्त्री गगनको जवाफ अध्यक्ष ओलीलाई : कुण्ठामा जवाफ दिइरहनु पर्दैन

प्रकाशित मिति :  28 May, 2022 12:19 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।

उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।

कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्न विषय भएको महामन्त्री थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने