"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले थाल्यो ‘एक महिने जरामा जाऊँ अभियान’

प्रकाशित मिति :  14 April, 2026 2:28 pm


काठमाडौँ- नेपाली कांग्रेसले जरा अभियान थालेको छ। सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने जरा अभियान मंगलबार आफ्नो वडा काठमाडौँ महानगरपालिका-३० मा क्रियाशील सदस्यता अध्यावधिक गरी शुभारम्भ गरेका हुन्।

सभापति थापाले संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले थालिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने जानकारी दिए। अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।

पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताहरुले बताएका छन्।

पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको